
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा एक साता लामो भ्रमण गरेकी छन्। माघ १४ गते विराटनगर आइपुगेकी भण्डारीले माघ १९ गतेसम्म सुनसरी र मोरङका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाइन्। यस अवधिमा उनले विद्यालय भवन उद्घाटन, वादविवाद प्रतियोगिता, प्राध्यापक तथा बुद्धिजीवीहरूसँग छलफल, विश्वविद्यालयहरूको अनुगमन, र विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिइन्।
Post a Comment