प्रतिकूल मौसमका कारण धेरैजसो विमानस्थलमा उडान प्रभावित

२१ पुस, काठमाडौं । आइतबार प्रतिकुल मौसमका कारण नेपालका धेरैजसो विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलमा भने उडान सामान्य रहेको छ । वायुसेवा कम्पनीहरुका अनुसार आज बिहान भद्रपुर, भरतपुर र पोखराबाहेकका विमानस्थलमा उडान हुन सकेन । तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगन्जमा १० बजेपछि हुस्सु खुल्न थालेको छ । यद्यपि उडानहरु प्रभावित रहेको बुद्ध एयरले जनाएको छ । तराई र पहाडी भेगमा बाक्लो सुस्सुका कारण उडान प्रभावित हुने गरेका छन् । सोहीकारण आज बिहानका अधिकांश आन्तरिक उडान डिले भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

Post a Comment

Previous Post Next Post