२३ पुस, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका संसदीय विषयगत समितिका सभापतिहरूले प्रतिनिधि सभाले विधेयकहरू अड्काइदिएको गुनासो गरेका छन् । प्रतिनिधि सभाले काम नगरिदिंदा राष्ट्रिय सभाले गरेको काम पनि ओझेलमा परेको उनीहरूको गुनासो छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूसँग राष्ट्रिय सभाका समितिहरुको प्रभावकारिता र हिउँदे अधिवेशनको विषयमा छलफल गरेका छन् । त्यसक्रममा विषयगत समितिका सभापतिहरूले प्रयाप्त बिजनेस नरहेको बताए ।राष्ट्रिय सभामा दर्ता भएका विधेयक पास गरेर प्रतिनिधि सभामा पठाइएको तर, त्यसलाई पास गरेर प्रतिनिधि सभाले नफर्काइदिएको र प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरू पनि राष्ट्रिय सभामा पुग्न नसकेको उनीहरुको भनाइ छ । प्रतिनिधि सभाले विधेयक अड्काउँदा समग्र संसदको कामकारबाही नै प्रभावित भएको भनेर उनीहरूले नेतृत्वको ध्यानाकर्षण गरेका हुन् ।
Post a Comment